Logo

फूलसँगको तस्बिरका साथ करिश्माले लेखिन्, ‘आजको उपद्रो’



काठमाडौं । सदाबहार ब्युटी भनेर चिनिने अभिनेत्री करिश्मा मानन्धर यो लकडाउन आफ्नै दुई घर (गोदावरी र बूढानीलकण्ठ)मा बिताइरहेकी छन् ।

सुरुका ७, ८ वर्ष गोदावरीमा बिताएकी उनी केही समय बूढानीलकण्ठस्थित घरमा समेत बसेकी थिइन् । यतिबेला भने उनी गोदावरीस्थित निवासमा छिन् ।

लकडाउनको समय घरमै बसेर सुरक्षित रहन बेलाबेलामा अनुरोध समेत गर्दै आएकी उनले केही दिन पहिले गोदावरी निवासबाट लकडाउनमा दैनिक गुजारा गर्न अप्ठ्यारो परेकाहरुका लागि राहत समेत बाँडेकी थिइन् ।

यी नै करिश्मा अहिले भने गोदावरीस्थित घरमा फूलसँग रमाइरहेकी छन् । उनले फूलसँग खिचाएका सार्वजनिक तस्बिरबाट सो अनुमान लगाउन सकिन्छ । 
तर अभिनेत्री करिश्माले फूलसँगको त्यो पललाई आफ्नो उपद्रो भनेकी छन् ।

फूलसँग खिचिएको केही तस्बिर सामाजिक संजालबाट  सार्वजनिक गर्दै करिश्माले क्याप्सन लेखेकी छन् ‘आजको उपद्रो ।’

प्रतिक्रिया दिनुहोस्