Logo

काठमाडौंको सुन्दरता बढाउँदै ज्याकारान्डा (फोटोमा हेर्नुहोस् )



काठमाडौं । वसन्त ऋतु भन्‍ने बितिक्कै फूलको सम्झना आउँछ। जताततै फूलहरु फुलेका हुन्छन्। काठमाडौंमा यतिबेला बैजनी रंगले भरिएको छ। सहरका साना ठूला सडक छेउमा बैजनी रंगका फूलहरुले ढाकिएका छन्। सडक छेउमा रहेका यी बैजनी रङले काठमाडौंको शोभा नै बढाएको छ।

कसैले यसलाई सिरिसको फूल भन्छन् भने कसैले भैगेरी फूल पनि भन्छन्। कतै यसको अर्को नाम पनि छ वीरेन्द्र फूल। यसो भन्नुकाे खास अर्थ छ। यो फूलका कतिपय जातका विरुवा तत्कालीन राजा वीरेन्द्रको पालामा नेपालमा ल्याइएको थियो। यसलाई नेपाली नाम दिने क्रममा वीरेन्द्र फूल भनिएको हो।

हरेक वर्ष वसन्त ऋतुमा फुल्ने यो फूल अहिले काठमाडौंका सडकमा मगमगाइरहेको छ। चैत वैशाखमा फुल्ने यो फूलले यतिखेर काठमाडौंको वातावरण नै मनमोहक बनाइदिएको छ।

यो वनस्पतिको मूल थलो दक्षिण अमेरिका हो। यसलाई धेरैले जकाराण्डा भनेर चिन्छन्। ज्याकारान्डालाई मिमोसेफिलिया नामले वनस्पति विज्ञानले चिन्‍ने गर्दछ।

आकर्षक बैजनी रंगको फूल दक्षिण अमेरिका हुँदै विश्वभर फैलिएको हो। यो रुखको विशेषता भनेकै जब यो फुल्छ, सहरको वातावरणलाई रंगीन बनाइदिन्छ। यो फूल फुलेको समय जताततै फोटो खिचौँ खिचौँ लाग्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्