Logo

ब्रिटिस आर्मी लिम्बुद्वारा मजदुर चार परिवारलाई एक महिनाको घरभाडा छुट



काठमाडौं : विश्वभर फैलिएको माहामारी कोरोनाभाईरस (कोभिड–१९)का कारण विभिन्न मानिसहरु अलपत्र अवस्थामा रहेका छन् । त्यसलाई मध्यनजर गर्दै तेह्रथुमका गजेन्द्र खवाहाङ् लिम्बुले मजदुरी गरी बस्ने चार परिवारलाई एक महिनाको सम्पूर्ण सेवा सुविधा छुट गर्ने भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं ६ सरस्वतिनगरमा रहेको घरमा बसोबास गर्ने चार परिवारलाई गरि ३३ हजार रुपैया बरावरको भाडा छुट गर्ने भएका हुन् । विगत दुई दशकदेखि ब्रिटिस आर्मीमा कार्यरत लिम्बूले आफ्नो घरमा बस्दै आएका मजदुर परिवारलाई पानी, बत्ती, वाईफाई र फोहोरको समेत एक महिनाको शुल्क नलिने भएका छन् । दैनिक जिवनयापन गरि भाडामा बस्नेलाई सहजहोस् भनि आफूले एक महिनाको भाडामा छुट गरेको बताएका छन् ।

नेपाल सरकारले गरेको अनुरोधलाई समेत ध्यानमा राखी मजदुरहरुलाई सहज होस् भन्ने मुख्य उदेश्यले भाडा छुट गरेको बताएका छन् । आफू मात्र नभएर नेपाल भरी घर भाडामा लगाएर बस्नेहरुलाई समेत आफुलाई समस्या नपरे सम्पुर्णलाई भाडा छुट गराउन समेत अनुरोध गरेका छन् ।

अन्त्यमा: यदी आवश्यक्ता परेमा अन्य भाडामा बस्नेहरुलाइ पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै लकडाउनको समयमा अनुशासन पालना गरि कोरोनाभाइरस बिरुद्द लड्ने सन्देश समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्